चैत्र १९, नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
विभिन्न किसिमको डर त्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
का.म.पा. वडा नं.१६ स्थित ‘लाफा’ खाजा घरका सञ्चालक उदयपुरको उदयपुर गढी गाउँपालिका-.६ स्थायी घर भएका २३ वर्षीय नवीन कुमार मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
१३ वर्षीय नाबालिगकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनको लागि गत फागुन देखि डर त्रासमा पारी राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
बालिकाहरूलाई विभिन्न किसिमको डर त्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले खाजा घरमा गई साथै उक्त स्थानबाट बालिकालाई प्रहरीले उद्धार समेत गरेको छ।
जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेका उनलाई पीडितले पेस गरेको जाहेरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएको छ ।
प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।