जन्ती बोकेको जिप दुर्घटना हुँदा १० जना घाइते , जिप चालक फरार - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

जन्ती बोकेको जिप दुर्घटना हुँदा १० जना घाइते , जिप चालक फरार - Gandaki Express


पाल्पामा सवारी दुर्घटना हुँदा निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । 


लु १ ज २५३५ नम्बरको जिप शुक्रबार राति ९ बजेतिर जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते भएको प्रहरीले जनाएको छ । 


घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । उनीहरूमध्ये सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 


जिप चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । जिप सडकको छेउमा पिल्टएको अवस्थामा रहेको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :