स्रोत नखुलेको करिब २८ लाख रुपैयाँसहित दुई जना पक्राउ , अवैध सुन कारोबारको आशङ्का - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्रोत नखुलेको करिब २८ लाख रुपैयाँसहित दुई जना पक्राउ , अवैध सुन कारोबारको आशङ्का - Gandaki Express


चैत्र २०, प्रहरीले स्रोत नखुलेको करिब २८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । 
सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित सडकमा कालो रङको झोला पिठ्युँमा बोकी हिँडिरहेका मलंगवा–३ का कमर राजालाई प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ परेका कमरले सो  रकम सोही ठाउँका आरिफ शेखले सञ्चालन गरेको सिटी मोबाइल सेन्टरबाट ल्याएको भनेपछि प्रहरीले पुन थप १८ लाख रुपैयाँसहित अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिएको हो ।
 
सर्लाही सदरमुकाम मलंगवाबाट स्रोत नखुलेको करिब २८ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १० लाखसहित पक्राउ परेकाको बयानका आधारमा प्रहरीले थप करिब १८ लाख रुपैयाँसहित अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिएको हो । 

प्रहरीले  पसलमा कानुन बमोजिम खानतलासी गर्दा र्‍याक भित्र राखिएको खैरो रङको कपडाको झोला भित्र १ हजार दरको १ हजार ४ सय ५४ थान, ५ सय दरको ६ सय २२ थान, १ सयको १ सय ९ थान, ५० र २० को एक–एक थान गरी थप १७ लाख ७५ हजार ९७० रुपैयाँ बरामद गरेको हो ।  

प्रहरीले उनीहरू अवैध सुनको कारोबारी भएको आशङ्का गरेको छ । साथै उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :