स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गयो - Gandaki Express


चैत २० गते। नवलपुरको गैँडाकोटमा स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। 


जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट ५ को ओमशान्ति चोकमा बाल विकास बोर्डिङ स्कुलको बसले स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको हो। 


बालविकास बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले विपरीत दिशामा गुडिरहेको बा ९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पर्वत फलेवास नगरपालिका ४ घर भई हाल भरतपुर महानगरपालिका २६ बस्ने ६८ वर्षीया पार्वती पौडेलको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ।


त्यसैगरी दुर्घटनामा गैडाकोट नगरपालिका ५ निवासी २० बर्षीया आशिका सापकोटा गम्भीर घाइते हुनुभएको छ। 


उहाँको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :