स्याङ्जामा धारिलो हतियार प्रयोग गरी साथीको हत्या गर्ने एक जना पक्राउ - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा धारिलो हतियार प्रयोग गरी साथीको हत्या गर्ने एक जना पक्राउ - Gandaki express


वैशाख १७, स्याङ्जा ।
स्याङ्जामा धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

स्याङ्जाको वालिङ १३ बायाँ टारीमा डेरा गरी बस्ने दाङ् राप्ती गाउँपालिका वडा नं. -०३  का ३५ वर्षीय   निम बहादुर घर्ती मगरलाई प्रहरीले पक्राउ  गरेको हो ।

उनले  सोही घरमा डेरा गरी बस्ने  वर्ष २० को आयुष चौधरीलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

घाइते चौधरीको उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा   डाक्टरले मृत घोषणा गरेका थिए  । 

चक्कु प्रहार गर्ने व्यक्ति निम ब. घर्ती मगरलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भई रहेको जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :