यस्तो छ इलाम र बझाङको पछिल्लो मत परिणाम - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

यस्तो छ इलाम र बझाङको पछिल्लो मत परिणाम - Gandaki Express


 इलाम निर्वाचन क्षेत्र-२ मा भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार अग्रता लिइरहनुभएका एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लैजानुभएको छ ।


हालसम्म फाकफोक थुमको गणना सकिंदा नेम्वाङले ५ हजार २७ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका उम्मेदवार डम्वर बहादुर खड्काले ३ हजार ७ सय ५९ मत प्राप्त गर्नुभएको छ । १२ सय बढीको मतान्तरले नेम्वाङ खड्का भन्दा अघि हुनुहुन्छ ।


त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्वुले १ हजार ९ सय ९६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्वुले ७ सय ६० मत प्राप्त गर्नुभएको छ ।


इलामको फाकफोकथुम गाउँपालिकाको मत गणना सम्पन्न भएसँगै इलाम –२ मा अब पाँच पालिकाको मत गणना बाँकी छ । अहिले चुलाचुली गाउँपालिका –१ को मतगणना सुरु भएको छ ।


इलाम-२ का चुलाचुलीसहित मांङ्सेबुङ, माई नगरका तीन वटा वडा (वडा ६, ७, ८), इलाम नगरपालिका र देउमाई नगरपालिका गन्न बाँकी छ ।


यसैगरी बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा/थलारा वडा नम्बर ९ र खप्तडछान्ना गाउँपालिका र जयपृथ्बी नगरपालिका-६ सम्म आइपुग्दाको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारको अग्रता कायमै छ ।


एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ४ हजार ६ सय ६८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ४ हजार ५ सय ८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ५ सय ३३ मत प्राप्त गर्नुभएको छ ।


त्यसैगरि नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एक हजार ६ सय ५८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :