गण्डकीमा नयाँ मन्त्रीमण्डल गठन,चुमान र मनाङे मन्त्री - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गण्डकीमा नयाँ मन्त्रीमण्डल गठन,चुमान र मनाङे मन्त्री - Gandaki Express


 गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले  सानो आकारको मन्त्रीपरिषद् गठन गर्नु भएको छ ।


मुख्यमन्त्रीको पद तथा गोपनीयताका शपथ लिएसँगै मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाउनु भएको हो ।


नव नियुक्त मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिएको छैन । मन्त्री चुमान र मनाङेले शपथ लिनु भएको छ ।


नेकपा एमाले संसदीय दलका नेता अधिकारीले आज बिहानमात्रै मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो ।


प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।


काँग्रेसले भने सरकार गठनमा सभामुखलाई सहभागी गराएको भन्दै गठन प्रक्रिया असंवैधानिक भनेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :