मुख्यमन्त्रीको पद तथा गोपनीयताका शपथ लिएसँगै मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाउनु भएको हो ।
नव नियुक्त मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिएको छैन । मन्त्री चुमान र मनाङेले शपथ लिनु भएको छ ।
नेकपा एमाले संसदीय दलका नेता अधिकारीले आज बिहानमात्रै मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो ।
प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
काँग्रेसले भने सरकार गठनमा सभामुखलाई सहभागी गराएको भन्दै गठन प्रक्रिया असंवैधानिक भनेको छ ।

