बिहे घरमा आगलागी हुँदा दुई जना घाइते , लाखौंको क्षती - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

बिहे घरमा आगलागी हुँदा दुई जना घाइते , लाखौंको क्षती - Gandaki express


सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा छ लाख रुपैयाँ बराबरको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।


बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।


बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।


स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा आगो निभाइएको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :