जीप दुर्घटना हुँदा १४ जना घाइते, सातको अवस्था गम्भीर - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

जीप दुर्घटना हुँदा १४ जना घाइते, सातको अवस्था गम्भीर - Gandaki express


मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्डअन्तर्गत पर्ने पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।


जीप दुर्घटनामा परेका घाइतेहरुमा उदयपुरको त्रियुगा घर भएका चालक प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला-२ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर ६ की वन्धना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदी रहेका छन् ।


त्यसैगरी ताप्लेजुङ फुङलिङ ३ की कमला रसाइली, उनकी छोरी तुलसा रसाइली र ताप्लेजुङ मिक्वाखोला गाँउपालिका-२ का झरेन्द्र थापालाई थप उपचारका लागि झापा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


ताप्लेजुङदेखि झापा जाँदै गरेको मे १ ज १९४७ नम्वरको जीप आइतवार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुश्वाहाको भनाइ छ । जीप अनियन्त्रित भएर सडकदेखि करिब ५० मिटर तल झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :