नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री रायमाझी सहित ७ जनालाई थुनामा राख्ने निर्णय सदर - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री रायमाझी सहित ७ जनालाई थुनामा राख्ने निर्णय सदर - Gandaki Express


सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ।


यसैगरी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णयलाई पनि सर्बोच्चले सदर गरेको छ।


न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले अभियुक्त आङटावा शेर्पालाई  भने ३० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । यसैगरी, समशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश दिएको छ । अर्का अभियुक्त गोविन्द कुमार चौधरीलाई १० लाख धरौटीमा छाड्ने आदेश भएको छ ।


सर्बोच्चले केशव प्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सानु भण्डारीलाई पनि थुनामा नै पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :