स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा आमाको ज्यान गयो, छोरा घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा आमाको ज्यान गयो, छोरा घाइते - Gandaki Express


वैशाख २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।


यसैगरी दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । बिहीबार बिहान १०ः३० बजे  भएको दुर्घटनामा सागरनाथकै मीनबहादुर थापा मगरकी श्रीमती ४० वर्षीया देवीमाया थापा मगरको घटनास्थलमै मृत्यु भएको हो ।


देवीमायाले चलाएको बा ५४ प ६३०७ नम्बरको स्कुटर घुम्ती बाटोमा अनियन्त्रित भई सडक नजिक राखिएको टायरगाढामा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।


घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा मृतक देविमायाका छोरा ११ वर्षीय श्रवण थापा मगर गम्भीर घाइते हुनुभएको छ ।


घाइते बालकलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । इन्स्पेक्टर श्रेष्ठसहितको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :