पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम - Gandaki Express


जेठ ३, पेट्रोलियम पदार्थको मूल्य घटेको  छ । नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समिति बैठकले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको हो ।


निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल/मट्टितेलमा ५ रुपैयाँ घटेर आएकोले आजदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।


हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा अब त्यो १५४ रुपैयाँ कायम भएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :