स्याङ्जामा गस्तीमा रहेका प्रहरी असई माथि कुटपिट गर्ने दुई युवा पक्राउ - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा गस्तीमा रहेका प्रहरी असई माथि कुटपिट गर्ने दुई युवा पक्राउ - Gandaki express


स्याङ्जामा गस्तीमा रहेका प्रहरी असई माथि कुटपिट गर्ने दुई युवा पक्राउ परेका छन् ।

स्याङ्जाको वालिङमा गस्तीमा रहेका प्रहरी असई माथि कुटपिटमा संलग्न रहेको आरोपमा वालिङ नगरपालिका–१२ का काजी गुरुङ र सुदीप गुरुङलाई प्रहरीले  पक्राउ गरेको हो ।

शनिवार राती साढे १० बजे तिर गस्तीमा रहेको बेला युवाहरूको समूहले प्रहरी माथि  आक्रमण गरी घाइते बनाएका थिए ।

यतिबेला घाइते भएका  वालिङ नगरपालिका–१३ मा रहेको थुमपोखरा प्रहरी चौकीका इन्चार्ज असई मोहन सिंहको पोखरा स्थित  गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै घटनामा संलग्न रहेका भनिएका अर्का युवा रविन गुरुङ घाइते भएको र  उनको पनि पोखरामा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :