यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर ज्यान गएको छ ।
दार्चुलाको अपि हिमाल गाउँपालिका-३ मा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका भीरबाट लडेका २४ वर्षीय मिलन कार्कीको ज्यान गएको हो ।
कार्की सोही वडाको काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका लडेका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।