गण्डकीको स्याङ्जा र बागलुङमा अविरल वर्षाका कारण गएको पहिरोले घर पुर्दा ४ जनाको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गण्डकीको स्याङ्जा र बागलुङमा अविरल वर्षाका कारण गएको पहिरोले घर पुर्दा ४ जनाको ज्यान गयो - Gandaki Express


असार १५ । स्याङ्जामा  पहिरोले एकै परिवारको आमा छोरीको ज्यान गएको  छ । शुक्रवार मध्यरातमा गएको पहिरोले फेदी खोला गाउँपालिका वडा नं.-०५ बाँगे स्थित दुर्गा जी.टी. को ढुङ्गा माटो र टिनले छाएको घरमाथि पहिरो खस्दा सुतिरहेको अवस्थामा  दुई जनाको ज्यान गएको हो । 


घरमा सुतिरहेको अवस्थामा  ३१ वर्षीय  दुर्गा जी.टी. र निजकी ३ वर्षीय  छोरी निसिका जी.टी. को घटनास्थलमा नै ज्यान गएको स्याङ्जाका  प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । 

घरभन्दा २५ मिटर माथि बाट अविरल वर्षाको कारण पहिरो आई घर/गोठ पूर्ण रूपमा पुरिएको छ ।  साथै घर नजिकै रहेको गोठमा रहेको १ भैँसी समेत मरेको स्थानीयले जनाएका छन्  ।

त्यस्तै  बागलुङको गलकोट नगरपालिका–८ काँडे बाँसको बिसौनामा गए राती गएको पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । 

घर माथिबाट खसेको पहिरोले घर पुरिँदा  ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्तीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले दिएको जानकारी अनुसार अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :