जापानमा पठाइदिन्छु भनी ८० लाख ठगी गर्ने तनहुँकी एक महिला पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

जापानमा पठाइदिन्छु भनी ८० लाख ठगी गर्ने तनहुँकी एक महिला पक्राउ - Gandaki Express


साउन ३ गते । वैदेशिक रोजगारका लागि जापानमा पठाइदिन्छु भनी ८० लाख ठगी गर्ने तनहुँकी एक महिला पक्राउ परेकी छन् । 

व्यास नगरपालिका–१२ गोल्ला निवासी ३८ वर्षीय मनुमाया थापा पक्राउ परेकी हुन् ।थापाले तनहुँको भीमाद नगरपालिका-५ घरभई हाल कास्की जिल्लाको पोखरा महानगरपालिका-१ बगर निवासी ३८ वर्षकी रुपासरा रानालाई ठगी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई विश्वास दिलाई फेमिली भिसामा जापान पठाइदिन्छु भनी ठगी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता दीपककुमार रायले जानकारी दिए । 


प्रनाउ रायका अनुसार थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाई ७९ लाख ९७ हजार नौ सय १९ निकाली सकेपछि उजुरीको आधारमा थापालाई पक्राउ गरेको हो ।


प्रहरीले निजको साथबाट चार लाख ८० हजार र विभिन्न सात वटा बैङ्कको चेक बुक समेत बरामद भएको छ । 


थापालाई ठगी सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :