प्रलोभनमा पारी महिलाको शरीरमा लगाएको सुनका गहना ठगी गर्ने चार जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

प्रलोभनमा पारी महिलाको शरीरमा लगाएको सुनका गहना ठगी गर्ने चार जना पक्राउ - Gandaki Express


साउन १६, पाल्पामा सर्वसाधारणलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी ठगी गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला सदरमुकाम तानसेनका विभिन्न स्थानमा पहेलो (सुन जस्तै देखिने बस्तु) देखाई प्रलोभनमा पारी शरीरमा लगाएको सुनका गहना ठगी गर्ने चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ ।


पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–३ झुम्साका ६३ वर्षीय चुडामणी गाहा मगर, रुपन्देहीको सैनामैना नगरपालिका-८ का ४२ वर्षीय गुञ्जबहादुर मगर, रुपन्देहीकै कञ्जन गाउँपालिका- १ का ३३ वर्षीय लक्ष्मण कुमाल र रुपन्देही ओमसतिया गाउँपालिका-५ घर भई हाल बुटवल उपमहानगरपालिका लक्ष्मीनगरमा डेरा गरी बस्ने ५३ वर्षीय गिरी बहादुर थापा भुजेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिनुभयो ।


उनीहरुले गत वर्ष भदौ २६ मा तानसेन नगरपालिका-४ होलादीस्थित मनकामना होटेल नजिकै तिनाउ गाउँपालिका –५ भोक्तछापकी ५७ वर्षीया बमिसरा रानालाई नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना लगेका थिए । उनीहरुले ती महिलाले लगाएको १ तोला सुनको कुण्डल रिङ झिकेर भागेको प्रहरीले जनाएको छ ।


यस्तै गत चैत १८ गते तानसेन- ६ लहरेपिपलमा बगनासकाली- ९ चापपानीकी ६३ वर्षीया डोल कुमारी थापाले लगाएको १ तोला १२ लालको सुनको रिङ कुण्डल झिकेर भागेका थिए ।


गत जेठ २७ गते तानसेन-३ प्रगतीनगर टोलमा रिब्दीकोट-७ की ५७ वर्षीया भुमी कुमारी गाहाले लगाएको १ तोलाको सुनको रिङ कुण्डल झिकेर भागेको भनी पीडितहरुले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।


सोही आधारमा ठगी गर्ने व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा सोमबार तानसेनको टुँडिखेलस्थित साझा फेन्सी पसल नजिकैबाटै उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


प्रहरीले बाटोमा हिंडिरहेको अवस्थामा फेला पारी उनीहरुलाई रोकी सोधपुछ गरी शरीर खानतलासी गर्ने क्रममा चुरामणी गाहा मगरले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा सुनको डल्ला भनी झुक्याएको जस्तो बस्तु फेला पारेको थियो ।


प्रहरीले उनीहरुको साथबाट पहेलो रंगको चारपाटे धातु एक थान, निवेदन साथ पेश गरेको पहेलो रंगको चारपाटे धातु ३ थान बरामद गरिएको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक बेल्वासेले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :