फोटोग्राफर संघ गण्डकीले फोटो प्रतियोगिता गर्दै - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

फोटोग्राफर संघ गण्डकीले फोटो प्रतियोगिता गर्दै - Gandaki Express


श्रावण १५,पोखरा

फोटोग्राफर सङ्घ गण्डकीको स्थापना दिवस तथा १८५ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ ।

सङ्घले फोटोग्राफरहरूको सम्मान प्रविधिको ज्ञान, व्यवसायीहरूलाई उत्साह र फोटोग्राफरहरूको मनोबल उच्च प्रदान गर्ने उद्देश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका सचिव तुलसी राम सुवेदीले जानकारी गराए  । फोटोग्राफर सङ्घ गण्डकीको स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिता अन्तर्गत विभिन्न ६ ओटा विधा सार्वजनिक गरेको छ । 

वेस्ट फोटो अवार्ड, ब्राईड एन्ड ग्रुम हेड सट,वेस्ट कलरिङ एन्ड रिटचिङ, वेस्ट मोमेन्ट क्याप्चरिङ, वेस्ट कपल पोजिङ, वेस्ट कल्चर गरी ६ ओटा विधा रहेका छन् । वेस्ट वैवाहिक फोटो अवार्डका लागी रु १५,५५५ नगद ट्रफी र प्रमाण पत्र रहेको छ भने अन्य विधामा ट्रफी र प्रमाण रहेका छन् । मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिता वर्ष भरिनै चलिरहेको र प्रत्येक महिनाका उत्कृष्ट प्रतियोगितालाई प्रमाण पत्रले सम्मान गरिने प्रतियोगिताका संयोजक भक्त तामाङले जानकारी दिए । मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिताका लागि मिराज फोटोका सञ्चालक भक्त तामाङ/बहस तामाङले रु २ लाखको अक्षयकोषको स्थापना गरेको कुरा कोषाध्यक्ष जीवन ढुङ्गानाले बताएका छन् । यसै गरी संस्थाले गण्डकी प्रदेशलाई विश्वभरि नै चिनाउने उद्देश्यका साथ यहाँका प्राकृतिक छटाहरूलाई उजागर गर्ने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागी नेचर एन्ड ल्याण्डस्केप विधामा पनि प्रतियोगिताका घोषणा गरेको छ ।

नेचर एन्ड ल्याण्डस्केप विधा अन्तर्गत फोटोहरू गण्डकी प्रदेश भित्रको हुनुपर्नेछ भने देशै भरिका फोटोग्राफरहरू यस प्रतियोगितामा भाग लिन पाउनेछन् । उक्त प्रतियोगितामा वेस्ट फोटोले नगद रु १०,००० ट्रफि र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट ५ तस्बिरलाई ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल तथा विशेष अतिथि विश्व रत्न शाक्य , नेपाल पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी लगायतले ब्यानर खोली प्रतियोगिताको शुभारम्भ गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि वरिष्ठ फोटोग्राफर बिश्वरत्न शाक्य ले फोटोग्राफी क्षेत्रमा गण्डकी प्रदेशले देशै भरिका फोटोग्राफरहरूलाई प्रोत्साहित गर्नका लागी स्थापना गरिएको यो प्रतियोगिता निकै सह्रानीय  कार्य भएको बताए ।  साथै  नेपाल पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदीले फोटोग्राफर र फोटो पत्रकार र पत्रकार यी सबै एउटै पाटा भएको बताए । 

प्रतियोगिता घोषणा कार्यक्रममा फोटोग्राफर सङ्घ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा फोटोग्राफर सङ्घका अध्यक्ष रामचन्द्र पोख्रेल नेपाल फोटोग्राफर महासङ्घ नेपालका के.सदस्य रबीनाथ दाहाल ,सल्लाहकार गणेश छवि,नेपाल पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, लगायतले आफ्नो भनाई राखेका थिए । प्रतियोगिताका संयोजक तथा अक्षयकोष दाता भक्त तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव तुलसी राम सुवेदीले गरेका थिए । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :