पोखरा, साउन १५ गते । कास्की प्रहरीले सवारी साधनमा ढुङ्गा हानी क्षति पुर्याउने १ जनालाई पक्राउ गरेको छ । सवारी साधनको सिसा फुटाई फरार रहेका काभ्रेपलान्चोक नमोबुद्ध न.पा. वडा नं. ६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन बस्ने ४६ वर्षीय धन बहादुर लामालाई कास्की प्रहरीले पोखरा-१६ दीपबाट पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वी चोकबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ प ७ नं.को पर्यटक बसलाई रोकी चालकलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको तथा उक्त सवारी साधनको सिसा समेत फुटाई लामा फरार भएका थिए ।
लामालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (अभद्र व्यवहार) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।