साउन १६ गते । प्रहरी हिरासतमा रहेका एक थुनुवाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका मेचीनगर नगरपालिका-७ पालिया का २८ वर्षीय झकबहादुर खड्काको ज्यान गएको हो ।
लागू औषधसहित मेचीनगर-६ बाट चार दिन अगाडी मात्र पक्राउ परेका खड्काको अनुसन्धानकै क्रममा ज्यान गएको हो ।
उनलाई पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गर्दै गर्दा मङ्गलवार राति १ः४० बजे स्वास्थ्यमा समस्या आएर उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पुर्याएपछी ज्यान गएको प्रहरीले जनाएको छ ।