अर्को सवारीलाई उछिन्ने क्रममा बोलेरो जिप दुर्घटना - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अर्को सवारीलाई उछिन्ने क्रममा बोलेरो जिप दुर्घटना - Gandaki Express


साउन २७ गते। सिमकोट गाउँपालिका– ६ स्थित तीन धारा क्षेत्रमा सदरमुकाम सिमकोट जाँदै  गरेको बोलेरो जीप दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो। 


सिमकोट गाउँपालिकाको– ६ को लाग्नाबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको बा ०१०२९ च ९८३८ नम्बरको बोलेरो जीप तीन धारा क्षेत्रमा विपरीत दिशाबाट आइरहेको अर्को जीपलाई छलाउने क्रममा सडकबाट खसेको हो। 


दुर्घटनालगत्तै चालक, सहचालकसहित पाँच जनाको उद्धार भएको थियो। दुर्घटनाबाट जीपको अगाडिको भागमा क्षति पुगेको र यात्रुलाई केही पनि नभएको प्रहरीले जनाएको छ। 


उहाँलाई कुनै चोटपटक नलागेको कारण आआफ्नो घर जानुभएको छ। जीप दुर्घटना लगत्तै स्थानीयवासीले उद्धार गरेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :