पोखरामा बिमा रकम पाउने आशामा आफ्नै पसलमा आगो झोस्ने सञ्चालक सहित दुई जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा बिमा रकम पाउने आशामा आफ्नै पसलमा आगो झोस्ने सञ्चालक सहित दुई जना पक्राउ - Gandaki Express


पोखरा , साउन २० गते । कास्की प्रहरीले इन्स्योरेन्सको रकम पाउने आशामा आफ्नै पसलमा आगो लगाउने व्यक्ति सहित दुई जनालाई  पक्राउ गरेको छ ।  

पोखराको लेकसाइडस्थित  मुक्तिनाथ सपिङ सेन्टर नामको आफ्नै सटरमा गत साउन १६ गते राति आगो लगाउने उक्त पसलका सञ्चालक र उक्त कार्यमा उक्साउने अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त पसल सञ्चालक स्याङ्जा आँधी खोला वडा नं. ४ का ३६ वर्षीय सुजन गहतराज र उक्साउने ४३ वर्षीय पवन नेपाललाई पक्राउ गरेर प्रहरीले आज सार्वजनिक गरेको हो । आगलागीको घटनाक्रम केलाउँदै जाँदा बिमा रकमकै प्रलोभनमा परेर आफ्नै पसलमा आगो लगाउने निर्णयमा पसल सञ्चालक पुगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको हो ।

डा. थानेश्वर पहारीको घरमा पवित्रा अधिकारीको नाममा सञ्चालनमा रहेको उक्त पसल रहेको सटरमा बुधवार राति करिब २ बजे तिर आगलागी भएको थाहा भएपछि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

सञ्चालकले  उक्त पसल न्यूरोडस्थित हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडबाट २ करोड १० लाख बराबरको बिमा गराएका थिए । साथै  आगो लागेको भनी  पसलमा गत साउन १७ गते  बिमा दाबीको मागका लागि गहतराजले  निवेदन पेस गरेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :