घर सम्पन्नको प्रमाणपत्र प्राप्त गर्न घुस दिने तिवारी र पौडेल विरुद्ध नै भ्रष्टाचार मुद्दा - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

घर सम्पन्नको प्रमाणपत्र प्राप्त गर्न घुस दिने तिवारी र पौडेल विरुद्ध नै भ्रष्टाचार मुद्दा - Gandaki Express


पोखरा-  चितवनको कालिका नगरपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पोखरा महानगरपालिकाका कर्मचरी सब–इन्जिनियर उषा किरण रोकायसमेत भएको घुस लिई भ्रष्टाचार गरेको मुद्दामा अनुसन्धान हुँदा सो भ्रष्टाचार पुष्टि भएको हो ।


निजहरु तिवारी र पौडेलले पोखरा महानगरपालिका वडा नं. १० मा निर्माण भएको घरको सम्पन्न प्रमाणपत्र प्राप्त गर्न प्रतिवादीहरु शिवप्रसाद बराल, उषा किरण रोकाया, सुरज कुँवरलाई तीन लाख ५० हजार रुपियाँ घुस दिएको र सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका उनीहरूले बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको ठहर छ ।


उनीहरुविरुद्ध जरिवानासहित जफत हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :