नहरमा डुबेर एक जनाको ज्यान गयो - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

नहरमा डुबेर एक जनाको ज्यान गयो - Gandaki express


साउन १८ गते । बुधवार भएको वर्षाका कारण कोहलपुर –१५ स्थित बेलनपुर नहरमा डुबेर बाँके बैजनाथ गाउँपालिका –७ का एक जनाको मृत्यु भएको छ । 


इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले कोहलपुर १५ बेलनपुरस्थित बेलनपुर नहरको बिचमा मृत अवस्थामा मानिस रहेको भन्ने खबर आउनासाथ प्रहरीले नहरमा छिरेर शवलाई बाहिर झिकेको र शवको पहिचान बैजनाथ –७ पेडारीका वीरबहादुर थारुको भएको बताउनुभयो । 


उहाँले नहरबाट शव निकाल्न आफ्नो कमाण्डमा ६ जना गोताखोरसहितको टोली खटिएको जनाउँदै कोहलपुर मदन चोक प्रहरी बिटबाट प्रहरी नायब निरीक्षक कमल केसीको कमाण्डमा २ जनाको टोली पनि खटिएको बताउनुभयो । 


वर्षाका कारण नहरमा आएको बाढीले थारुलाई बगाएर ल्याएपछि उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । थारुको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :