स्याङ्जा , प्रहरीले स्याङ्जा अर्जुनचौपारीबाट जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । स्याङ्जा अर्जुनचौपारी गा.पा. वडा नं. ०२ बस्ने वर्ष २८ को सूर्य परियारले डर त्रासमा पारी जबरजस्ती करणी गरेको भन्ने आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत वैशाखमा राति ८ बजेको समयमा १४ वर्षीय वालिकालाई डर त्रासमा पारी जबरजस्ती करणी गरेको भन्ने आरोप लागेका उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।
निजलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।