पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा एक महिला पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा एक महिला पक्राउ - Gandaki Express


पोखरा -  कास्कीको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले गुल्मीकी लीला पछाईलाई पक्राउ गरेको छ । 


उनीले सहकारीका अध्यक्ष जीवी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैङ्क खातामा राखेको देखिएको प्रहरीले जनाएको छ ।


सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालत कास्कीले ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 


सूर्य दर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १८ जना फरार छन् भने कुमार रम्तेलसहित केही पुर्पक्षका लागि थुनामा छन् । 


यही प्रकरणमा ग्यालेक्सी टेलिभिजनका पूर्व सञ्चालक छविलाल ओझा पनि पक्राउ परेका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :