खुट्टाको पैतालाको भागमा कालो टेपले बेरेर ल्याइएको सुनसहित एक जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

खुट्टाको पैतालाको भागमा कालो टेपले बेरेर ल्याइएको सुनसहित एक जना पक्राउ - Gandaki Express


असोज १५ गते । मकवानपुर प्रहरीले ठुलो परिणाममा अवैध सुनसहित एक भारतीय नागरिकलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ । 

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नं.को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्ने क्रममा उक्त माइक्रोमा सवार भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवाका  सुजित सर्राफलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सर्राफमाथि शङ्का लागि निजको शरीर तथा झोला खानतलासी गर्दा निजले आफ्नो खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी लुकाई छिपाई राखेको सुन जस्तो देखिने पहेँलो धातु फेला परेको जनाएको छ । 

प्रहरीले निज सर्राफको साथबाट बिस्कुटको आकारको टुक्रा चार थान, बिस्कुटको सानो टुक्रा एक थान, सिक्री एक थान गरी जम्मा ४९० ग्राम ८८० मिलिग्राम सुन बरामद गरेको छ । सर्राफको साथबाट बरामद गरिएको बिलबिजक नभएको सुन मङ्गलबारको बजार भाउ अनुसार ६७ लाख ३४ हजार ५४४ रुपियाँ रहेको प्रहरीको भनाइ छ ।  

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :