स्याङ्जा सिरुवारिदेखि पोखरा आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते - Gandaki Express

Breaking Posts

Type Here to Get Search Results !

ads

स्याङ्जा सिरुवारिदेखि पोखरा आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते - Gandaki Express

Top Post Ad



स्याङ्जा, आश्विन १८ गते । स्याङ्जाको आँधीखोला –२ बेझाङमा बोलेरो जिप दुर्घटना भएको छ । 

शुक्रवार  सिरुवारिदेखि पोखरा आउँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप भाले खर्कमा  दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ  । 

दुर्घटनामा आँधीखोला गाउँपालिका – ५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीय कलावती घिमिरे, ३२ वर्षीय सिर्जना चापागाईँ, कास्की महानगरपालिका पोखरा छोरेपाटनका १६ वर्षीय अमना नेपाली, अर्जुनचौपारी– ५ कि ५८ वर्षीय शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देल, कास्की महानगरपालिका ११ कि तीन वर्षीय छोरी सोफीया नेपाली घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेहरूको सेतिदोभान स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।  

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Below Post Ad

प्रतिक्रिया :

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.