स्याङ्जा - स्याङ्जामा घनले टाउकोमा प्रहार गर्दा एक जनाको ज्यान गएको छ ।
स्याङ्जा हरिनास गाउँपालिका वडा नं.-०४ बाङ्गेश्वरा बस्ने वर्ष ५८ को प्रेम बहादुर कामीको टाउकोमा घनले प्रहार भई ज्यान गएको हो ।
घरमा आरनमा फलामको काम गरिरहेको अवस्थामा घनले टाउकोमा प्रहार गर्ने बस्ने वर्ष ३२ को सुरेश थापालाई तत्कालै नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।