वडाध्यक्षलाई अभद्र व्यवहार मुद्दामा १० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो।
गुरुङले आफ्नै वडामा कार्यरत सचिव भुसालमाथि कुटपिट गरी घाइते बनाएपछि पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको हो। इलाका प्रहरी कार्यालय बन्दीपुरले वडाध्यक्ष गुरुङमाथि अनुसन्धान सुरु गरेको छ। बन्दीपुर गाउँपालिकाले लिखित रुपमा कानुनी कारबाहीका लागि परिपत्र गरेपछि कारवाहीका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भलिबल प्रतियोगितामाको बिल पास नगरेको भन्दै वडाध्यक्ष गुरुङले सोमबार कार्यस्थलमै सचिवमाथि कुटपिट गरेका थिए।
वडाध्यक्ष गुरूङको प्रहारबाट घाइते सचिव भुसालको अनुहार र घाँटीमा चोट लागेको छ। घाँटी सुन्निएकाले बन्दीपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको छ।