पोखरामा ठगको खेती : बहुमूल्य पत्थरको प्रलोभन देखाएर लाखौँ रकम ठगी, पर्वतकी इन्दिरासहित ३ जना पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा ठगको खेती : बहुमूल्य पत्थरको प्रलोभन देखाएर लाखौँ रकम ठगी, पर्वतकी इन्दिरासहित ३ जना पक्राउ - Gandaki Express


माघ २६ गते । पोखरामा  बहुमूल्य पत्थर दिन्छु भनी विभिन्न प्रलोभन देखाई ठग्ने दुई महिलासहित तीन जना पक्राउ परेका छन्  । 

पाँच करोड पर्ने बहुमूल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक पटक गरी तेह्र लाख पचास हजार ठगी गर्ने  पर्वतको फलेवास नगरपालिका वडा नं.५ स्थायी घर भई हाल कास्कीको पोखरा १७ छोरेटापन बस्ने वर्ष ३१ की इन्दिरा विक, सोही ठाउँ बस्ने वर्ष ३६ का राजन विक र खोटाङको हलेसी नगरपालिका वडा नं.१ की वर्ष २७ की लक्ष्मी राई पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।  

उक्त ठगी गरेको भन्ने जानकारी सहित कुन्ती सुब्बा गुरुङले प्रहरीमा जाहेरी दिएसँगै प्रहरीले अनुसन्धान थालेको थियो । जाहेरीपछि गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूको कोठाबाट सेतो रङका पारदर्शी ढुङ्गा र विभिन्न बैकका एक लाखका चार चेक फेला पारेको जनाएको छ ।

जिल्ला अदालत कास्कीबाट शुक्रवार ठगीसम्बन्धी मुद्दामा दिन सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :