स्याङ्जामा खाना पकाउने क्रममा कपडाबाट सल्किएको आगोले एक महिलाको ज्यान लियो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जामा खाना पकाउने क्रममा कपडाबाट सल्किएको आगोले एक महिलाको ज्यान लियो - Gandaki Express


माघ २३ गते । स्याङ्जामा खाना पकाउने क्रममा लगाएको कपडामा आगो सल्किँदा जलेर  एक वृद्ध महिलाको मृत्यु भएको छ ।

 प्रहरीका अनुसार खाना पकाउने क्रममा कपडामा आगो सल्किँदा गल्याङ नगरपालिका –१ तुलसीभञ्ज्याङ् बस्ने ७१ वर्षीया चित्रकला अर्यालको जलेर मृत्यु भएको हो ।


अर्यालको शरीरको ५० प्रतिशत भाग जलेको र उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको थियो । 


अर्याललाई थप उपचारका लागि मिसन अस्पताल पाल्पामा रिफर गरिएको र उपचारको क्रममा चिकित्सकले मृत घोषणा गएका थिए । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :