काठमाडौं महानगरपालिकाद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना - Brighter Network

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

काठमाडौं महानगरपालिकाद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना - Brighter Network


काठमाडौं, २०८१ चैत १६ – काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ। राजावादी आन्दोलनका क्रममा वातावरण प्रदूषण र अन्य नियम उल्लंघनको कारण महानगरले यो निर्णय गरेको हो।


शुक्रवारको प्रदर्शनमा तीनकुने र कोटेश्वर क्षेत्रका सडकमा तोडफोड र आगजनी भएको थियो। महानगरले वातावरण संरक्षण ऐन २०७७ र आर्थिक ऐन बमोजिम ८ वटा पत्र काटेर पूर्वराजालाई जरिवाना गर्ने निर्णय गरेको हो।


यसअनुसार, कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी, बालकुमारी र सिनामंगल क्षेत्रका सडक तथा सडकपेटीमा जथाभावी फोहोर फालिएको भन्दै प्रत्येक स्थानका लागि १ लाख रुपैयाँका दरले कुल ६ लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, प्रदर्शनका क्रममा दमकल तोडफोड गरिएकाले १ लाख ३० हजार रुपैयाँ तथा तीनकुनेमा रुख, बिरुवा र रेलिङ तोडफोड गरिएकाले ६३ हजार रुपैयाँ जरिवाना थप गरिएको छ।


महानगरपालिकाले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्यको विरोध गर्दै दोषीहरूलाई कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। साथै, भविष्यमा यस्ता घटनाबाट वातावरण र सार्वजनिक संरचनाको सुरक्षाका लागि कडा निगरानी राखिने बताइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :