पोखराको पृथ्वी चोकमा सट्टे वाजी खेलिरहेका ४ जना नगद रकम सहित प्रहरीको नियन्त्रणमा - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराको पृथ्वी चोकमा सट्टे वाजी खेलिरहेका ४ जना नगद रकम सहित प्रहरीको नियन्त्रणमा - Gandaki Express


पोखरा, २०८१ फागुन २० – कास्की प्रहरीले पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित सार्वजनिक स्थानमा जुवा (सट्टेवाजी) खेलिरहेका चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गोप्य सूचनाको आधारमा अनुगमन गर्दा उनीहरूलाई नगद तथा अन्य सामग्रीसहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिँदा जुवा खेल्न प्रयोग गरिएका ६ थान गोटी, नगद रु. १,११,००० (एक लाख एघार हजार), पाँच थान मोबाइल र ग.२० प.१४९६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। पक्राउ पर्नेहरूमा पर्सा, बिरगंज-१४ का ४६ वर्षीय आविद अंसारी, कास्की हेम्जाका ३० वर्षीय रामचन्द्र भण्डारी, पर्सा, बिरगंज-१७ का ३३ वर्षीय मनोज राम हरिजन, र बारा, कलैया-८ का ३८ वर्षीय साजन साह रहेका छन्।

प्रहरीले उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, कास्कीबाट दस दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :