स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाजको अध्यक्षमा महेश्वर रिमाल - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाजको अध्यक्षमा महेश्वर रिमाल - Gandaki Express


पोखरा, फागुन २९ गते।

स्याङ्जा रापाकोटबाट पोखरामा बसोबास गर्ने व्यक्तिहरूको साझा संस्था स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाजले १५औँ साधारण सभा तथा छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा होली विशेष उत्सव पनि समावेश गरिएको थियो।

समारोह समाजका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले महेश्वर रिमालको अध्यक्षतामा नयाँ १७ सदस्यीय कार्यसमिति चयन गरेको छ। त्यस्तै  उपाध्यक्षमा सिता लम्साल चापागाईँ चयन भएकी छन् भने सचिवको जिम्मेवारी प्रेमलाल लम्सालले पाएका छन्। सहसचिवमा डिल्लीराम काफ्ले र कोषाध्यक्षमा लाल प्रसाद चापागाईँ चयन भएका छन्। यसैगरी, कार्यसमितिमा टेकप्रसाद काफ्ले, महेश कुमार पौडेल, मञ्जु पौडेल, नेत्रप्रसाद काफ्ले, सुमन काफ्ले, अर्जुनप्रसाद गौडेल, चेतनारायण पौडेल, दण्डपाणि चापागाईँ, मनकुमारी पौडेल, सविता सुनार र भेषराज काफ्ले सदस्यका रूपमा रहेका छन्।

प्रमुख अतिथि सङ्घीय सांसद माननीय राजु थापाले समाजले समुदायका हितमा गरेको कार्यको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो। विशिष्ट अतिथि अर्जुनचौपारी पोखरा सम्पर्क समाजकी अध्यक्ष जमुना काफ्ले चापागाईँले संस्थाको औचित्य र भविष्य योजनाबारे विचार प्रस्तुत गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष महेश्वर रिमालले राख्नुभएको थियो भने सञ्चालन सचिव प्रेमलाल लम्सालले गर्नुभयो। आर्थिक विवरण कोषाध्यक्ष सिता चापागाईँले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा संरक्षक हेमनारायण चापागाईँ, पूर्व अध्यक्ष मेघनाथ काफ्ले, तथा सल्लाहकारहरू भरत गिरी, डा. भवानीशंकर पौडेल, विष्णुप्रसाद काफ्ले, डा. टेक नारायण पौडेल, ईश्वरीप्रसाद लम्साल लगायतले समाजको योगदानबारे प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

त्यसैगरी, दरौंखोला सामीप्य समाजका अध्यक्ष बोधराज गौतम र दरौँ पोखरा सम्पर्क समाजका विजय खड्काले समेत कार्यक्रमलाई शुभकामनासहित सम्बोधन गर्नुभयो।

अन्त्यमा, पोखरामा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने रापाकोटबासीहरूले होलीको रङ दलेर सांस्कृतिक रमाइलो गर्दै आपसी मेलमिलापका साथ कार्यक्रम सम्पन्न गरेका थिए। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :