२०८१ साल चैत २ गते साँझ ६:०० बजे घटनाको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी बिट सेदीबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि अस्पताल पठाएको थियो। घटनामा संलग्न भएको अभियोगमा पोखरा महानगरपालिका–१७ बिरौटा निवासी २२ वर्षीय मनिष ठकुरीलाई खुँडा सहित नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका ठकुरीलाई केही समयमै पक्राउ गरिएको र हाल उनलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात (७) दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

