उपत्यकामा सक्रिय चोरी गिरोह समातियो, ल्यापटप र मोबाइलसहित चार जना नियन्त्रणमा - Gandaki Express

Breaking Posts

Type Here to Get Search Results !

ads

उपत्यकामा सक्रिय चोरी गिरोह समातियो, ल्यापटप र मोबाइलसहित चार जना नियन्त्रणमा - Gandaki Express

Top Post Ad


काठमाडौं — उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट चोरी गरिएका ल्यापटप र मोबाइलसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा दैलेखको दुल्लु नगरपालिका–९ का ३४ वर्षीय भक्तबहादुर रोकाय, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का २७ वर्षीय टेकबहादुर रावल, नुवाकोटको बेलकोटगढी नगरपालिका–८ का २७ वर्षीय अनिल नेपा र गुल्मीको धुरकोट गाउँपालिका–५ का ३८ वर्षीय रन्जित कुँवर रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार यो समूहले फागुन ६ गतेदेखि क्रमशः विभिन्न स्थानहरूमा चोरी गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

पक्राउ परेकाहरूको साथबाट ६ थान ल्यापटप र ५ थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

Below Post Ad

प्रतिक्रिया :

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.