मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुई गम्भीर घाइते

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुई गम्भीर घाइते



असार १५, सुनसरी — सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ गइरहेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको अर्को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा इनरुवा नगरपालिका–४ का ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र अर्का मोटरसाइकल चालक इटहरी–७ निवासी ५१ वर्षीय बिन्दु यादवको ज्यान गएको हो। गम्भीर घाइते अवस्थामा सबैलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, तर उपचारकै क्रममा तीन जनाको निधन भयो।

घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया पत्नी प्रतीक्षा चौधरी र बिन्दु यादवको पछाडि सवार ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूको धरानस्थित सोही प्रतिष्ठानमा उपचार भइरहेको छ।

सडकमा लापरवाही र तीव्र गतिका कारण यस्ता दुर्घटना दोहोरिँदै आएका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :