अविरल वर्षाका कारण आएको बाढीेले बगाउँदा एक महिला बेपत्ता

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अविरल वर्षाका कारण आएको बाढीेले बगाउँदा एक महिला बेपत्ता


असार १३ गते । नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण आएको बाढीेले बगाउँदा एक महिला बेपत्ता भएका छन् ।


बेपत्ता हुनुहुनेमा अविरल वर्षापनि खोलामा पानीको बहाव बढ्न गई ३२ वर्षीया कमला बलामी बेपत्ता हुनुभएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता बलामीको  खोजीकार्यका लागि सशस्त्र प्रहरीको टोली खटिएको छ ।


साथै सोही ठाउँमा रहेको ३ वटा गोठ बगाउँदा गोठमा घाइते भएका अशोक बलामीलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको जानकारी उहाँले दिनुभयो ।


सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेबाट गरी ६५ जना सुरक्षा फौज उद्धारका लागि खटिएको छ । सो खोलाले पशुचौपाय लगायत अन्य सामान बगाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :