सिमा नाकामा पुन एकजनाको ह'त्या - Brighter khabar

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

सिमा नाकामा पुन एकजनाको ह'त्या - Brighter khabar

आश्विन १०, भारतको सीमा क्षेत्र बाराको पचरौता नगरपालिकामा पूर्वशसस्त्र प्रहरीको हत्या भएको २४ घण्टा बित्न नपाउँदै फेरी भारतीय नागरिक अजित कुमार सिंहको हत्या भएको छ ।


भारत मोतिहारी जिल्ला सुक्लहिया गाउँ-१ बस्ने राम पुकार सिंहको छोरा २२ बर्षिय अजित कुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो ।


हिजो मंगलबार साँझ नेपाल–भारत सीमा पचरौता-६ लक्ष्मिनियास्थित रहेको पोखरी नजिक दुई वटा मोटरसाईकलमा आएका समुहले गोली प्रहार गरी भारत प्रवेश गरेका हुन ।


मृतकसँगै निवासी सुजित कुमार सिंह, चञ्चल पाञ्डे, मनिष कुमार सहनी र कामेश्वर सहनी दुईवटा मोटरसाईकलमा नेपाल प्रवेश गरेको र बाईकमा पछाडि बसेका सिंहले निज मृतक सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।


घटना लगत्तै पुगेको प्रहरीले घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद गरेको प्रहरी उपरिक्षक सुरेश काफलेले बताउनु भएको छ ।


एक दिन अघि सोही नजिक पुर्व शसस्त्र प्रहरी स्थानीय ३३ वर्षीय अमरेश कुमार सिंहको हत्या भएको थियो । केही समय अघि मात्र सिम्रौनगढमा एसएसबी जवान बगहा गाउँ निवासी धर्मेन्द्र कुमारको गोली हानी हत्या गरिएको हो ।


सिमा क्षेत्रमा खुलेआम तस्करी हुदै आएको छ । अनगिन्ती मदिरा भट्टी संचालन एकातर्फ छ भने अर्कोतर्फ तस्करीका कारण हत्याको क्रम बढेको छ भने सिमा क्षेत्र असुरक्षित बन्दै आएको छ । खुल्ला सिमाका कारण अपराधिहरुले मोटरसाईकलमा नेपाल आउने र गोली प्रहार गरी भारत छिर्ने क्रम बढेको स्थानीयले बताएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :