पोखरा पुम्दिकोट जाँदै गरेको माइक्रो बस दुर्घटना , ३५ यात्रु घाइते , ७ को अवस्था गम्भीर - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरा पुम्दिकोट जाँदै गरेको माइक्रो बस दुर्घटना , ३५ यात्रु घाइते , ७ को अवस्था गम्भीर - Gandaki Express


पोखरा, १२ कात्तिक । पोखराको पुम्दीभुम्दीमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएको खबर छ  । 
छोरेपाटनबाट  पुम्दीकोट जाँदै गरेको ग १ ख  ८५८५ नम्बरको बस    घैया खेत भन्ने ठाउँमा दुर्घटना भएको हो ।

वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठका अनुसार घाइतेलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका अस्पतालमा लगिएको छ । 

 घाइते मध्ये ७ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको  छ  । 

पोखरा यातायात प्रालिको उक्त  बस शान्ति स्तुपा हुँदै महादेव मन्दिरसम्म चल्ने बस हो।

 दुर्घटना स्थल उकालो भएको र दुर्घटनाको यकिन  कारण थाहा लागिसकेको छैन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :