![]() |
सांकेतिक तस्विर |
स्याङ्जा, ११ कात्तिक । मोटरसाइकल दुर्घटनामा स्याङ्जाका एक जनाको ज्यान गएको छ ।
आज भएको दुर्घटनामा स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर ५ का ४१ वर्षीय मोहनीलाल थापाको ज्यान गएको हो ।
थापा स्याङ्जा हुँदै बुटवल तर्फ जाने क्रममा उनी सवार लु १४ प ८८७१ नम्बरको मोटरसाइकल पाल्पाको माथि गढी गाउँपालिका वडा नम्बर १ मा दुर्घटना भएको थियो ।
दुर्घटनाबाट उनी गम्भीर घाइते भएका थिए ।
घाइते थापालाई जिल्ला अस्पताल उपचारको लागि पुर्याइए पनि अस्पताल पुग्दा नपुग्दै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
थापा सडक बाट करिब १२ मिटर तल खसेका थिए ।
प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।