अवैध ढुङ्गा चोरी निकासी गर्ने जेसिबी र टिपर प्रहरीको नियन्त्रणमा - Gandaki express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

अवैध ढुङ्गा चोरी निकासी गर्ने जेसिबी र टिपर प्रहरीको नियन्त्रणमा - Gandaki express


आश्विन १६, पाल्पामा अवैध ढुङ्गा चोरी निकासी गर्ने जेसिबी र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ३ हेडबक्स नजिकै अवैध रुपमा ढुङ्गा उत्खनन् गरी निकासी गरेको अवस्थामा दुई वटा जेसिबी र दुई वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने उक्त क्षेत्रमा रातिको १२ बजे अवैध रुपमा ढुङ्गा उत्खनन् गरिरहेको जानकारी पाएपछि प्रहरी चौकी दोभानबाट प्रहरी नायव निरीक्षकसहितको टोलीले बाग्मती प्रदेश ०१–००३ प ९१९४ नम्बरको चेनवाला जेसिबी, प्रदेश ३ ०१–०३ क ६७७७ नम्बरको जेसिबी तथा लु २ ख ३६६२ र लु २ ख ३९६४ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठका अनुसार नियन्त्रणमा लिएका चारैवटा सवारीलाई आवश्यक कारबाहीका लागि तिनाउ गाउँपालिकामा बुझाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :