पोखरा, आश्विन १९ गते । पोखरा महानगरपालिका वडा नम्बर १५ मा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय मा वि मा साइबर अपराध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई साइबर अपराध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार वि.क.ले साइबर अपराध, कानुनी व्यवस्था र सामाजिक सञ्जालको सुरक्षित प्रयोग सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वी चोक पोखराको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरुङ, संस्थाका कमल श्रेष्ठ, पूर्व अध्यक्ष चिरञ्जीवी श्रेष्ठ , प्रा .ना. उ . श्रवण कुमार वि.क. , शान्ति हमाल लगायतको उपस्थिति रहेको थियो ।