तनहुँमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गयो, अर्का एक जना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

तनहुँमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गयो, अर्का एक जना घाइते - Gandaki Express


कात्तिक १३ गते । तनहुँमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । 

भानु नगरपालिका– ४ फला खेत बस्ने वर्ष ३२ का राजकुमार तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । अरिङ्गालले चिलेपछि उनी घाइते भएका थिए  । 

लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागी चितवन मेडिकल कलेज चितवनमा पठाएकोमा घाइते मध्ये राजकुमारको सोमबार बिहान ४:२० बजे उपचारको क्रममा ज्यान गएको हो ।

त्यस्तै सोही क्रममा  एक जना घाइते भएका छन् ।  प्रहरीका अनुसार सोही ठाउँ बस्ने  वर्ष २४ को धनबहादुर तामाङ गम्भीर  घाइते भएका हुन्  ।

दुई जना मिलेर  भानु नगरपालिका– ७  रम्गाटार स्थित जङ्गलमा आइतबार राती ११:५५  अरिङ्गाल पोल्न गएका थिए  ।

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :