गोरखा आगलागी अपडेट : आमा छोराको ज्यान गयो - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

गोरखा आगलागी अपडेट : आमा छोराको ज्यान गयो - Gandaki Express


गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिवार राती घर आगलागी हुदाँ जलेर आमा छोराको मृत्यु भएको छ ।


७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुदाँ उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे शनिवार राती दश बजे खवर आएको बताउनुभयो । खवर लगतै त्यहाँ पुग्दा घरको बाहिरै भागमा समेत आगो फैलिसकेको उहाँले जानकारी दिनुभयो ।


गाग्री र बाल्टीमा पानी बोकेर आगो निभाउन हामीलाई करिव डेढ घण्टा लागेको बताउँदै उहाँले आगो नियन्त्रण पश्चात घरभित्र पस्दा दुवै जनाको शव जलेर चिन्नै नसक्ने अवस्थामा फेला परेको जानकारी दिनुभयो ।


चिसोका कारण न्यानो बनाउँन फुकेको आगो फैलिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रमेश कुमार श्रेष्ठले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :