तनहुँमा भएको सवारी दुर्घटनामा एकको ज्यान गयो , एकजना घाइते - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

तनहुँमा भएको सवारी दुर्घटनामा एकको ज्यान गयो , एकजना घाइते - Gandaki Express


कात्तिक २६, तनहुँ  ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।


पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशाबाट जाँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको हो । मोटरसाइकल चालक छोरा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ बाँसश्वारा बस्ने ५५ वर्षीय गङ्गाबहादुर बराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । दुर्घटनामा घाइते गङ्गाबहादुरको उपचारका क्रममा गएराति दमौली अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :