स्याङ्गजाको सगरमाथा स्कुल सँगै नवलपुर र म्याग्दीका विद्यार्थी चढेको बस दुदुर्घटना अपडेट : अस्पताल भर्ना भएका सबैजना डिस्चार्ज - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

स्याङ्गजाको सगरमाथा स्कुल सँगै नवलपुर र म्याग्दीका विद्यार्थी चढेको बस दुदुर्घटना अपडेट : अस्पताल भर्ना भएका सबैजना डिस्चार्ज - Gandaki Express


 कात्तिक २५ गते । धरान उपमहानगरपालिका –१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा गएका ३ वटा बस दुर्घटनामा परेका सबै विद्यार्थी सकुशल रहेको खबर छ ।

नवलपुर जिल्लाको विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।  

स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकनमा धरान पुगेका  थिए । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दीको ग २ ख १५८३ नम्बरको बसलाई ठक्कर दिएपछि म्याग्दीको बस पल्टेको थियो  । 

स्याङ्गजाको वालिङ स्थित सगरमाथा स्कुलका विद्यार्थी चढेको ग २ ख १५१३ नम्बरको बसमा सवार सबै जना विद्यार्थी सकुशल रहेको प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ३ वटै विद्यालयका विद्यार्थी डिस्चार्ज भइसकेका छन्  

पूर्वी नवलपरासीको हुप्सेकोटबाट धरान गएको बस दुर्घटनामा पर्दा उक्त बसका  १६ विद्यार्थी घाइते भएका थिए   । 

स्याङ्जाको विधार्थी बोकेको  ग २ ख १५१३ नम्बरको बसमा  ठोक्किएपछि  सामान्य क्षति भएको थियो  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :