पोखरामा एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखरामा एटिएम मेसिन फोड्दै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ - Gandaki Express

  


कात्तिक २२ गते , पोखरा ।  बुधवार पौने १ बजे तिरको समयमा पोखरा महानगरपालिका  ८ सभागृह चोक स्थितमा रहेको नबिल बैकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा एक जलाई प्रहरीले पक्राउ गरेको छ  ।

नबिल बैकको एटिएम मेशिनमा रहेको पैसा चोरी गर्ने उद्देश्यले फलामको रडले मेसिनमा रहेको ढोकाको लक फोडेर भित्र पसी मेशिन समेत तोडफोड गर्दै गरेको अवस्थामा  बस्ने वर्ष २० को बबि ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

भारत बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पञ्चायत ग्राम ढाका बजार घर भएका ठाकुरले  कास्की पोखरा महानगरपालिका वडा न.९ नयाँ बजार मा बबि ठाकुर सैलुन पसल सञ्चालन गर्दै आएका थिए ।

 वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनका साथबाट मेशिन फोर्न प्रयोग गरेको फलामको रड थान-१, पेचकस थान-१थान, कपाल काट्ने कैँची भाँचिएको अवस्थाको १थान र ढुङ्गा १ थान समेत बरामद गरेको जनाएको छ ।

 निजलाई नियन्त्रणमा लिई चोरी उद्योग मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :