पोखराकी १८ वर्षीय सिवानी ५ दिनदेखि सम्पर्कविहीन , आफ्नै छोरी सम्झेर शेयर गरिदिनुहोला - Gandaki Express

Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ads

पोखराकी १८ वर्षीय सिवानी ५ दिनदेखि सम्पर्कविहीन , आफ्नै छोरी सम्झेर शेयर गरिदिनुहोला - Gandaki Express

 


पोखरा, २२ गते कात्तिक  । पोखरा महानगरपालिका वडा नम्बर २१ निवासी  सिवानी गौतम सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन परिवारले  अनुरोध गरेको छ । 


१८ वर्षीय सिवानी यही कात्तिक १८ गते घरबाट निस्केको र हालसम्म घर नफर्केको भन्दै परिवारले सम्बन्धित सबैमा खोजी कार्य गरिदिन अनुरोध गरेको हो ।


घरबाट कोही कसैलाई नसोधी हिँडेकी र हालसम्म घरमा फर्की नआएकी, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाउँ भनी प्रहरी कार्यालयमा समेत निवेदन टिपाएको परिवारले जनाएको छ 


गहुँ गोरी र  पातलो शरीर भएकी सिवानीलाई भेट्ने जो कसैले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरेर सहयोग गरिदिन परिवारले अपिल गरेको छ । 


पारिवारिक स्रोतका अनुसार खैरो रङको थाई कट काटेको कपाल रहेको र  हराएको बखत कम्व्याड टिसर्ट र  कालो सुरुवाल लगाएकी बुझिएको छ  । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

प्रतिक्रिया :